विराटनगर वारियर्स समूह विजेता, काठमाडौं किङ्ग्स इलाभेन बाहिरियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एभरेष्ट प्रेमिएर लिग अन्तर्गत काठमाडौं किङ्स ११ पराजित भएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४७ रन बनाएको थियो। विराटनगरका लागि बाबर हयातले सर्वाधिक ६७ रनको योगदान दिए । उनले सो क्रममा ५० बलको सामना गरी ५ चौका र ४ छक्काको मद्दतमा ६७ रन बनाएका हुन। काठमाडौंका लागि कप्तान फरवेज मेहेरुफले सर्वाधिक ४२ रनको योगदान गरेपनि अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न नसक्दा पराजित हुन पुग्यो । मेहेरुफले ३७ बलको सामना गरी ४ चौकाको मद्दतमा ४२ रन बनाए।

त्यस्तै नरेश बुढाऐरले ३०, सिद्धान्त लोहनीले १५, सागर पुनले १३ र सागर कुमारले १२ रनको योगदान दिएका थिए। काठमाडौंलाई १३९ रनमा समेटन विराटनगरका अंशुमन रथले ३, बसन्त रेग्मी र रामनरेश गिरीले समान २/२ तथा करण केसी र पारस खड्काले १/१ विकेट हात पारे ।

विराटनगरको अपराजित यात्रा कायमै राख्दै समूह बिजेता बनेको छ। जितसँगै विराटनगर क्वालिफायरमा पुगेको छ। क्वालिफायरमा जित निकाले विराटनगर फाइनलमा पुग्नेछ। पराजित भएमा पनि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);