महिला भलिबल टोली सम्मानित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

महिला भलिबल टोली सम्मानित

काठमाडौं, २ मंसिर । बंगलादेशमा सम्पन्न पहिलो संस्करणकोे एसियन भलिबल कन्फेडेरेसन एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगिताकोे उपाधि विजेता नेपाली राष्ट्रिय महिला भलिबल टोली सम्मानित भएको छ ।

नेपालका लागि भलिबलमा पहिलो अन्तराष्ट्रिय उपाधि जितेको राष्ट्रिय महिला भलिबल टोलीलाई सोमबार राष्ट्रिय वाणिज्य बैंकले सम्मान गरेको हो । बैंकले महिला टिमलाई हौसला प्रदान गर्न सम्मान गरिएको जनाएको छ ।

बंगलादेशको राजधानी ढाकामा कात्तिक २८ गते भएको फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले ऐतिहासिक उपाधि जितेको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);