युरो कप छनोट : इटालीद्वारा अर्मेनिया पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

युरो कप छनोट : इटालीद्वारा अर्मेनिया पराजित

football

एजेन्सी, ३ मंसिर । युरो कप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा इटालीले फराकिलो जित निकालेको छ । सोमबार राति भएको खेलमा इटालीले अर्मेनियामाथि ९–१ को जित निकालेको हो ।

रोबर्टो म्यान्सिनीको प्रशिक्षणमा रहेको इटालीले पहिलो हाफमा चार र दोस्रो हाफमा एक पेनाल्टीसहित पाँच गोल गरेको थियो । इटालीका लागि इम्मोबाइल र जानिओलो, बारेल्ला, रोमाग्नोली, ओर्सोलिनी र फेड्रिको चिसाले गोल गरेका थिए । इड्गार बाबायानले खेल सकिनु १० मिनेटअघि अर्मेनियाका लागि सान्त्वना गोल गरे । इटालीको यो सबैभन्दा ठूलो अन्तरको जितमध्येको एक हो । यसअघि सन् १९४८ मा इटालीले अमेरिकालाई ९–० ले हराएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);