भक्तपुरका हरेक वडामा निःशुल्क व्यायामशाला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

भक्तपुरका हरेक वडामा निःशुल्क व्यायामशाला

nisulka gym bhaktapur

भक्तपुर, ३ मंसिर । भक्तपुर नगरपालिकाले नागरिक स्वास्थ्यलाई मध्यनजर गर्दै हरेक वडामा निःशुल्क ब्यायामस्थल सञ्चालनमा ल्याएको छ । विभिन्न स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको परामर्श पश्चात नगरपालिकाले सबै वडा र नगरपालिकाले सञ्चालनमा ल्याएका कलेजहरुमा निःशुल्क ब्यायाम सञ्चालनमा ल्याएको हो । निशुल्क व्यायाम सञ्चालनमा आएपछि स्थानीय लगायत सर्वसाधारण खुसी भएका छन् ।

मानिसलाई स्वस्थ रहन दैनिक व्यायाम जरुरी हुन्छ । स्वस्थताको लागि व्यायाम गर्न मानिसहरु हजारौं रुपैया तिरेर व्यायामशाला तथा क्लव घरहरुमा धाउने गरेका छन् । तर भक्तपुर नगरपालिकाले सार्वजनिक स्थानहरुमा निशुल्क व्यायामशाला सञ्चालनमा ल्याएको छ । यसबाट स्थानीयहरु खुशी देखिन्छन् ।

यसरी सञ्चालनमा ल्याइएको ब्यायामशालाबाट प्रत्यक्ष रुपमा स्थानीय नागरिकहरुले लाभ लिने गरेको देखिन्छ । व्यायामशाला युवायुवति लगायत बृद्धबृद्धा समेत सबैको लागि आकर्षण बढ्दा व्यायामशालामा घुंइचो नै देखिन्छ ।

पछिल्ला दिनहरुमा मानिसहरुले खान पानमा ध्यान नदिनुका साथै ब्यायामतर्फ ध्यान नदिँदा सर्ने भन्दा पनि नसर्ने रोगका बिरामीहरु बढ्ने गरेको पाईएकोछ । जसका कारण रोग नियन्त्रणका साथै स्वस्थ जीवनशैली अपनाउन हरेक वडाका साथै कलेजहरुमा निःशुल्क ब्यायाम स्थाल सञ्चालन गरिएको भक्तपूर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको भनाईछ ।

हाल सञ्चालनमा ल्याइएका ब्यायामशालाहरुमा ब्यायाम गर्न आउनेको संख्या बृद्धि भएको र चाप बढ्दो अवस्थालाई ध्यान दिँदै अझ बिभिन्न सार्वजनिक स्थानमा थप ब्यायामशाला सञ्चालन ल्याउने तयारी समेत भक्तपुर नगरपालिकाको भनाई छ ।

भक्तपुर नगरपालिकाले सञ्चालनमा ल्याएका ब्यायामशालाबाट नगरपालिकाका भित्रका स्थानीयले मात्र होइन त्यहाँ पुग्न अन्य सर्वसाधारणले पनि लाभ लिन सक्छन् । भक्तपुर नगरपालिका भित्र हाल १० वटा वडा तथा नगर भित्रका केही कलेजमा व्यायामशाला संचालनमा ल्याएको छ भने थप कलेजहरुमा पनि संचालनमा ल्याउने तयारी गरेको छ ।
gym bhaktapur

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);