स्पेनलाई पेनाल्टीमा पराजित गर्दै इटाली युरोकप २०२० को फाइनलमा प्रवेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

स्पेनलाई पेनाल्टीमा पराजित गर्दै इटाली युरोकप २०२० को फाइनलमा प्रवेश

एजेन्सी । स्पेनलाई पेनाल्टीमा ४-२ गोलले पराजित गर्दै इटाली युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । 

इटाली सन् २०१२ पछि पहिलो पटक युरो कपको फाइनलमा पुगेको हो।  

बुधबार राती भएको खेलमा निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि खेल ३० मिनेटमा अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा पनि थप गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो ।

पेनाल्टीमा इटालीका बेलोटी, बोनुची, फेडेरिको बेमारडेची र जोरगिन्होले गोल गरे।

यता स्पेनका मोरोनो र अल्कानटाराको प्रहार मात्र सफल हुन सक्यो।

इटालीले सन् १९६८ मा एक मात्र युरोपियन च्याम्पियनसिपको उपाधि जितेको थियो ।

जितसँगै इटालीले ३३ खेलमा अपराजित यात्रा तय गरेको छ । इटालीले इङ्ल्यान्ड र डेनमार्कबीच हुने खेलको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्ने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);