ओलम्पिक कमिटी वेबसाइट सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

ओलम्पिक कमिटी वेबसाइट सञ्चालनमा


काठमाडौँ ।
नेपाल ओलम्पिक कमिटिले नेपाली खेलकुदको दस्तावेज राख्नका लागि आज वेबसाइट सञ्चालनमा ल्याएको छ । नेपाल ओलम्पिक कमिटिको विशेष सहयोगमा ओलम्पिक सोलिडारिटी अन्तर्गत नेपाल ओलम्पिक संग्राहलयले नेपाली खेलकुदको विविध विषयलाई दस्तावेज बनाउने लक्ष्य राखेर वेबसाइट सञ्चालनमा ल्याएको हो ।

स्पोर्टस नेपाल ओराजी नाम रहेको वेभसाइटको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे । कार्यक्रम पछि बोल्दै अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको इतिहाँस लामो भएपनि अभिलेखिकरणका कमजोर भएको भन्दै अभिलेका लागि वेबसाइट संचालन गरिएको बताए ।सोलिडारिटी कार्यक्रमबाट १५ हजार डलर प्राप्त भएको र यसको औपचारिक सु?वात पछिल्लो मंसिर १ बाट सुरु भएको थियो ।

अध्यक्ष श्रेष्ठले अनलाइन संस्करणले नेपाली खेलकुदको पुरानो र नयाँ पुस्तालाई जोड्ने काम भएकाले अभिलेखीकरण गर्नु पर्ने काम अझै धेरै भएको बताए । उनले नेपाली खेलकुदको इतिहासको संरक्षणमा नेपाल ओलम्पिक कमिटीको सहयोग सधैं रहने पनि प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा नेपाल ओलम्पिक म्युजियमका अध्यक्ष क्षितिजअ?ण श्रेष्ठले वेब साइटको विविध पक्षबारे जानकारी गराएका थिए।

कार्यक्रममा कमिटीका उपाध्यक्षद्वय ज्योति राणा र उपाध्यक्ष अशोक वज्राचार्य, सचिव तुलसी थापा तथा सदस्य राम अवाले र रमेश सिवाकोटीको उपस्थिति रहेको थियो । ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज बैद्यले नेपाली खेलकुदका लागि इतिहास अभिलेखीकृत गर्ने कार्यक्रम नेपाली खेलकुदका लागि ठूलो महत्वन राख्ने धारणा राखेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);