पाकिस्तानसँग एकदिवसीय सिरिजकालागि इंग्ल्यान्डले बनायो नयाँ टिम | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

पाकिस्तानसँग एकदिवसीय सिरिजकालागि इंग्ल्यान्डले बनायो नयाँ टिम

एजेन्सी । इंग्ल्यान्डले पाकिस्तानसँग एकदिवसीय सिरिजकालागि नयाँ टिमको घोषणा गरेको छ । इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले मंगलबार बेन स्टोक्सको कप्तानीमा १८ सदस्सीय टिमको घोषणा गरेको हो । यस अघि घोषणा गरेको टिमका ३ खेलाडी र स्टाफसहित ७ जनामा कोरोना भाईरसको संक्रमण देखिएपछि इंग्ल्यान्डले नयाँ टिम घोषणा गरेको हो ।

इंग्ल्यान्डले घोषणा गरेको अघिल्लो टिममा स्टोक्स थिएनन् । इंग्ल्यान्डले शनिबार इयान मोर्गनको कप्तानीमा टिमको घोषणा गरेको थियो । बोर्डले कोरोना संक्रमित खेलाडी र स्टाफको नाम भने गोप्य राखिएको छ । उनीहरु सेल्फ आईसोलेसनमा बसेको बोर्डले जनाएको छ ।

इंग्ल्यान्डले घोषणा गरेको टिममा ९ खेलाडी अनक्याप खेलाडी परेका छन् । इंग्ल्यान्डले घरेलु मैदानमा पाकिस्तानसँग तीन खेलको एकदिवसीय सिरिज खेल्नेछ । पहिलो खेल जुलाई ८ मा कार्डिफमा हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);