युरोकप फाइनल : इंग्ल्याण्ड र इटाली भिड्दै, कसले मार्ला बाजी ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

युरोकप फाइनल : इंग्ल्याण्ड र इटाली भिड्दै, कसले मार्ला बाजी ?

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलको फाइनल खेल आज हुँदैछ । वेम्बली स्टेडियमा आज राति १२ बजेर ४५ मिनेटबाट सुरु हुने फाइनल खेलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्न लागेका हुन् ।

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्दै छ भने एक पटकको च्याम्पियन इटाली चौंथो पटक फाइनल खेल्न लागेको हो । इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन् । इटाली तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो ।

पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गरेको थियो । इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो । यस अघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ ।

इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो । रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोल अन्तरले पराजित गरेको थियो । इंग्ल्यान्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);