किर्गीस्तानले जित्याे एभिसी सेन्ट्रल जोनको उपाधि | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

किर्गीस्तानले जित्याे एभिसी सेन्ट्रल जोनको उपाधि

काठमाडौं, ७ भदौ । उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै किर्गीस्तानले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा भएको फाइनलमा किर्गीस्तानले उज्वेकिस्तानलाई २६—२४, २७—२५ र २५—१९ को सेटमा हराएको हो ।

च्याम्पियनसिपमा दुवै टोली अपराजित रहदै फाइनल पुगेका थिए । पहिलो सेमीफाइनलको खेलमा तुर्कमेनिस्तानलाइ ३-0 को सोझो सेटमा पराजित गर्दै किर्गीस्तानले फाइनल यात्रा तय गरेको थियो ।

यस्तै बिहिबार भएको दोस्रो सेमिफाइनलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गर्दै उज्वेकिस्तान फाइनलमा प्रवेश गरेको थियो । एसियन भलिबल संघको संयोजनमा नेपाल भलिबल संघले नेपालमा पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा ७ टोलीले सहभागिता जनाएका थिए ।

च्याम्पियनसिपमा तुर्कमेनिस्तानले तेस्रो स्थान हासिल गर्दा माल्दिभ्स चौंथो भएको छ । यस्तै नेपालले पाँचौं स्थान हासिल गरेको छ । पाँचौं स्थानको लागि शुक्रबार भएको खेलमा नेपालले अफगानिस्तानलाई हराएको थियो । अफगानिस्तानले छैटौं स्थान हासिल गर्दा जितविहीन बंगलादेश पुछारमा रहेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);