किर्गीस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालको लगातार दोस्रो जित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

किर्गीस्तानलाई ३-० को सोझो सेटमा पराजित गर्दै नेपालको लगातार दोस्रो जित

काठमाडौं, कात्तिक । बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेसन, एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल प्रतियोगितामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।

बंगलादेशको राजधानी ढाका स्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा सोमबार भएको खेलमा किर्गीस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले लगातार दोस्रो जित हात पारेको हो ।

नेपालले किर्गीस्तानलाई २५–१५, २५–१९ र २५–२० को सेटमा पराजित गर्यो । जितसँगै नेपालले २ खेलमा ६ अंक जोडेको छ । यस अघि नेपालले पहिलो खेलमा आइतवार अफगानिस्तानलाई ३–० कै सोझो सेटमा पराजित गरेको थियो ।

नेपालले मंगलबार आयोजक बंगलादेशसँग खेल्नेछ । यस्तै अन्तिम खेलमा नेपालले बुधबार माल्दिभ्सको सामना गर्नेछ । राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);