एभीसी सेन्ट्रल जोनः पुरुष टोली पदकविहीन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

एभीसी सेन्ट्रल जोनः पुरुष टोली पदकविहीन

काठमाडौं । तेस्रो स्थानको लागि भएको प्रतिस्पर्धामा उज्वेकिस्तानसँग सोझो सेटमा पराजित भएसँगै नेपाली पुरुष भलिबल टोली एभीसी सेन्ट्रल एसियन पुरुष तथा महिला च्यालेन्ज कपमा पदकविहीन भएको छ ।  

बंगलादेशको ढाकास्थित सहिद सुरावर्दी कभर्ड हलमा नेपालमाथि उज्वेकिस्तानले २५-१५, २५-१७ र २५-२१ को सोझो सेटमा जित निकाल्दै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेको हो । यसअघि समूह चरणको खेलमा नेपालले उज्वकिस्तानलाई १८-२५, २५-२१, २५-२१ र २५-२३ को सेटमा पराजित गरेको थियो । जसको बदला उज्वेकिस्तानले सोझो सेटमा हराउँदै लिएको छ ।

पाँच वर्षअघि माल्दिभ्समा भएको यही प्रतियोगितामा नेपालले काँस्य पदक जितेको थियो । त्यो नेपाली पुरुष भलिबल टोलीले जितेको पहिलो पदक हो । राउन्ड रोविन पद्धतिमा भएको प्रतियोगितामा श्रीलंका र बंगलादेशसँग  पराजित नेपाल उज्वेकिस्तान र माल्दिभ्सलाई हराउँदै काँस्य पदकका लागि प्रतिस्पर्धा गरेको थियो । 

यता, पुरुष टोली पदकविहीन हुँदा महिला टोलीले भने मंगलबार नै उज्वेकिस्तानलाई ३-२ सेटले हराउँदै च्याम्पियनसिपमा लगातार दोस्रो पटक उपाधि हात पारेको छ ।  

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);