अब्दुल्लाह अल्मुताईरी नेपाल फर्किए | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अब्दुल्लाह अल्मुताईरी नेपाल फर्किए

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी नेपाल फर्किएका छन् । 

२८ वर्षपछि नेपाललाई साफ च्याम्पियनसिपको फाइनलमा पुर्‍याएका प्रशिक्षक अब्दुल्लाह मंगलबार अपराह्न नेपाल झरेका हुन् । 

साफ च्याम्पियनसिपको फाइनल पुगेपछि नेपाली टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका अब्दुल्लाह केही साताको विश्राम पछि पुनः नेपाल आएका थिए ।

एन्फाले उनलाई २०२२ सम्म नेपालमै हुनेगरि सम्झौता नवीकरण गरेको थियो । त्यसपछि पुनः गृहनगर कुवेत फर्किएका अब्दुल्लाह लामो विश्रामपछि फर्किएका हुन् । 

हाल उपत्यकामा जारी सहिद स्मारक ए डिभिजन लिगको नवौं चरणपछि राष्ट्रिय टोलीले केही मैत्रीपूर्ण खेल खेल्ने भएसँगै अब्दुल्लाह नेपाल आइपुगेका हुन् ।

उनलाई राष्ट्रिय टोलीका व्यवस्थापक मधुसूदन उपाध्याय लगायत एन्फा सदस्यले विमानस्थलमा स्वागत गरे । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);