गल्फ: इस्टर्न ओपनको उपाधि शुक्रलाई | ईमाउण्टेन समाचार

Our Network

चैत १० २०८०, शनिबार

गल्फ: इस्टर्न ओपनको उपाधि शुक्रलाई

काठमाडौं । प्रो शुक्रबहादुर राईले सूर्य नेपाल इस्टर्न ओपन २०२१ को उपाधि जितेका छन् । धरान गल्फ क्लबमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिन शुक्रले १ ओभर ६१ स्कोर जोड्दै समग्रमा ५ स्ट्रोकको अग्रता लिएर उपाधि जितेका हुन् । उनले उपाधिसहित १ लाख ३५ हजार रुपैयाँ जिते ।

शुक्रले समग्रमा १ अन्डर २ सय ९ स्कोर जोड्दै एमेच्योर सुभाष तामाङलाई पछि पारे । सुभाषले अन्तिम दिन २ अन्डर ६८ को प्रदर्शन गर्दै एमेच्योरतर्फ पहिलो र समग्रमा दोस्रो स्थान हासिल गरे । एमेच्योरतर्फ दोस्रो स्थान युवराज भुजेल २२३ र तेस्रो स्थान सद्भाव आचार्य २२७ ले हासिल गरे ।

व्यावसायिकतर्फ दोस्रो स्थानमा धरानकै बलभद्र राई रहे । उनले समग्रमा ७ ओभर २ सय १७ स्कोरका साथ ८८ हजार रुपैयाँ जिते । तेस्रो स्थानमा ९ ओभर २ सय १९ स्कोर जोडेका नीरज तामाङले ६५ हजार रुपैयाँ हात पारे । चौथो स्थानमा सञ्जय लामाले १० ओभर २ सय २० स्कोरसाथ ५३ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।

सुरुवाती दुई दिनमा ३६ होलको खेलपछि २२ व्यावसायिक र ६ एमेच्योर खेलाडीले अन्तिम दिनको लागि कट बनाएका थिए । प्रतियोगिताको कुल पुरस्कार राशि ७ लाख ७५ हजार रुपैयाँ रहेको थियो । विजेता खेलाडीलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, नेपाल पुलिसका एआइजी हरि पाल, सूर्य नेपालका सहायक ब्राण्ड म्यानेजर नवीन सरोज र धरान गल्फ क्लबका अध्यक्ष वीरेन्द्र विक्रम लिम्बुले पुरस्कृत गरे ।

कट बनाउने शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगिता अन्तर्गत शुक्रबार व्यावसायिक र एमेच्योर खेलाडी सम्मिलित प्रो–एम इभेन्ट हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);