इङ्गलिस प्रिमियर लिग: लिभरपुलद्वारा आर्सनल पराजित, आइतबार तीन खेल हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

इङ्गलिस प्रिमियर लिग: लिभरपुलद्वारा आर्सनल पराजित, आइतबार तीन खेल हुँदै

Liverpool-vs-Arsenal

एजेन्सी, ८ भदौ । इङ्गलिस प्रिमियर लिग फुटबलमा अन्तरगत शनिवार राती भएको खेलमा उपाधि दावेदार लिभरपुलले आर्सनललाई हराएको छ । लिभरपुलको मैदान एन्फील्डमा भएको खेलमा घरेलु टोली ३–१ ले विजयी भएको हो ।

उसका लागि मोहोमद सालाहाले दुई गोल गरेका थिए भने जोएल माटिपले एक गोल गरेका थिए । पराजित टोली आर्सनलका लुकास टोरेराले एक गोल फर्काए । जितसँगै लिभरपुलले लिग तालिकाको अग्रतालाई फराकिलो पारेको छ । प्रिमियर लिग फुटबलकै अर्को खेलमा चेल्सीले नरिच सिटीलाई ३–२ ले हराएको छ । नरिच सिटीको मैदानमा भएको खेलमा चेल्सीलाई विजयी गराउन ट्यामी अब्राहमले दुई तथा मेसन माउन्टले एक गोल गरेका थिए । नरिचका टिमु पुक्की र टेड क्यान्टबेलले एक एक गोल गरे ।

नयाँ प्रशिक्षक फ्राङ्क लाम्पार्डको प्रशिक्षणमा चेल्सीको यो पहिलो लिग जित हो । लिगकै अर्को खेलमा क्रिष्टल प्यालेसले म्यान्चेस्टर युनाईटेडलाई २–१ ले हराएको छ । यसैगरी वेष्ट ह्याम युनाईटेडले वाट्फोर्डलाई ३–१ ले हराउँदा लेष्टर सिटीले शेफिल्ड युनाईटेडलाई २–१ ले तथा साउथह्याम्पटनले ब्राईटनलाई २–० ले पराजित गरे । प्रिमियर लिग फुटबलमा आइतवार तिन खेल हुनेछन् । साविक विजेता म्यान्चेस्टर सिटीले बर्नमाउथसँग खेल्दा टोटनह्याम हट्सपर र न्युकासल युनाईटेड तथा वुल्भरह्याम्पटन वान्डरर्स र बर्न्ले भिड्नेछन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);