कीर्तिमानी खेलाडीको गरिबीलाई सागको सम्भावित पदकले रोकेन | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

कीर्तिमानी खेलाडीको गरिबीलाई सागको सम्भावित पदकले रोकेन

SAG

काठमाडौं, १४ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) का प्रतिस्पर्धी खेलाडीको बन्द प्रशिक्षण लामो समयदेखि चलिरहेको थियो । सबैलाई काठमाडौँको होटलमा राखेर सिकाइँदै थियो । तीमध्ये कीर्तिमानी खेलाडी तुलसा खत्री बिहीबार बिहान अचानक हराइन् । ‘मन्दिर जान्छु ’ भन्दै झिसमिसमै निस्किएकी उनी जहाज चढेर कतार पो पुगिछन् ।

राष्ट्रको जर्सी लगायर अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्नु हरेक खेलाडीको धोको हुन्छ । त्यसमाथि सागजस्तो अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने सपना साँचेर थुप्रै खेलाडी दिनरात मैदानमा पसिना बगाउँछन् । वर्षौ कठोर परिश्रम गर्छन् । सबैको सपना पूरा हुँदैन । तर, मुखैमा आएको १३ औं सागको तयारीमा रहेकी तुलसाको गरिबी बाध्यतालाई सम्भावित पदकले रोक्न सकेन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);