प्रधानमन्त्रीलाई काममा फर्कन अझै १० दिन लाग्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

प्रधानमन्त्रीलाई काममा फर्कन अझै १० दिन लाग्ने

kp oli birami

काठमाडौं, १४ मंसिर । कान्तिपुर दैनिकका अनुसार मनमहोन कार्डियोथारासिक भास्कुर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आझै आईसीयूमा राखिएको छ । सम्भावित संक्रमणबाट जोगाउन उनलाई आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । प्रधानमन्त्री ओलीलाई काममा फर्कन करिब १० दिन लाग्ने पनि उनीहरुले आंकलन गरेका छन् ।

त्यसैगरी आजको अन्नपूर्ण दैनिकले ‘रोगै छल्ने आत्मविकास’ शीर्षकमा प्रधानमन्त्रीको स्वास्थ्यसम्बन्धी समाचार लेखेको छ । प्रधानमन्त्रीको १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएपछि पुनः प्रत्यारोपण गर्ने योजना अहिले छलफलमै सीमित रहेको छ । मिर्गौला प्रत्यारोपणका लागि दुई जना नातेदार तयारी अवस्थामा छन् । आकस्मिक रुपमा एपेन्डिसाइटिसको शल्यक्रिया गर्नु परेकाले प्रत्यारोपणको समय धकेलिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);