अंकगणितको संघारमा नेपाली राजनीति : सांसद किनबेच र सुरा–सुन्दरी काण्ड दोहोरिने खतरा | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

अंकगणितको संघारमा नेपाली राजनीति : सांसद किनबेच र सुरा–सुन्दरी काण्ड दोहोरिने खतरा

काठमाडौं, १८ फागुन । सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछि आउँदो आइतबार संसदको बैठक बस्दै छ । सम्भवतः सो बैठक अगाडि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्तावको टुंगो लाग्ने छ । किनभने अहिले सम्मको स्थिति हेर्दा नेकपाको झगडामा कुनै युद्धबिराम लाग्ने सम्भावना छैन ।

आइतबार सम्मका धेरै घटना नयाँं चरणमा प्रवेश गर्ने सम्भावना छ । नेकपाको दाहाल–नेपाल पक्ष कुनै पनि तरिका प्रयोग गरेर वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताबाट बाहिर पठाउने सोचाईमा छ । तर उनीहरुका लागि धेरै अप्ठ्यारा छन्। ओलीलाई सत्ताबाट बाहिर निकाल्न उनीहरुका लागि फलामको चिउरा चपाउनु सरह हुने छ। किन संसदको अंकगणितको कारण यो जटिल बनेको हो।

संसदमा रहेको तेस्रो शक्तिको ३२ मतले अविश्वासको प्रस्ताव पारित हुने सम्भावना देखिदैन। त्यसैले सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दाहाल–नेपाल पक्षलाई लकार्दै संसदीय दलमा बहुमत पु¥याएर देखाउन ठाडै चुनौती दिएका हुन् ।

संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस कतैको लाईन कुरेर बसेको देखिन्छ। उसलाई आउने लाईन पनि प्रधामनन्त्री केपी शर्मा ओली विरुद्ध नै हुने अनुमान गरिएको छ। तर त्यसो हुँदा दाहाल नेपाल पक्षले सरकारको नेतृत्व गर्ने सम्भावना हुँदैन । कांग्रेस सभापति शेरबहादुर देउवा आफैले प्रधानमन्त्रीको दावी गर्ने छन् । तर कांग्रेसलाई सरकारको नेतृत्व दिनका लागि दाहाल–नेपाल पक्ष भित्रै असन्तुष्टि हुने छ।

देउवालाई प्रधानमन्त्री दिंदा ओली नेतृत्वको सरकार ढल्ला तर दाहाल–नेपाल नेतृत्वको सरकार बन्ने छैन । उनीहरुका लागि सरकार फेर्नु ‘भिरबाट लडेर भैँसी मरेपनि किलो रित्तै, बाघले खायो भनेपनि किलो रित्तै’ भन्ने नेपाली उखान सरह हुने छ ।

सभापति देउवाको खातामा विगतका घटना राम्रो लेखिएको छैन । उनी सत्ताका लागि जेपनि गर्छन् भन्ने धेरै उदाहारण छन् । सांसदहरुलाई ललितपुरको एउटा होटलमा थुनेर सुरा–सुन्दरी त्यही ओसारिएको घटना पनि यिनका भागमा छ ।

त्यसैकारण दाहाल नेपालका लागि देउवालाई प्रधानमन्त्री स्वीकार गर्नु भनेको तिर्खा लाग्यो भनेर बिष पिउनु सरह हुने छ। नेपाली राजनीति अंकगणितको राजनीतिमा प्रवेश गरेको खण्डमा सुरा–सुन्दरी काण्ड दोहोरिने देखि सांसद किन बेच सम्ममा नपुग्ला भन्न सकिन्न ।

Leave a Reply