साग महिला भलिबल : समूह उपबिजेता बन्दै नेपाल सेमिफाइनलमा | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

साग महिला भलिबल : समूह उपबिजेता बन्दै नेपाल सेमिफाइनलमा

sag volleyball semifinal

काठमाडौं, १३ मंसिर । नेपाल १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत महिला भलिबलको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्ड हलमा शुक्रबार भएको समूह चरण अन्तर्गत भारतले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गरेसँगै नेपाल अन्तिम चारमा पुगेको हो ।

भारत विजयी भएपछि समूह ’ए’ मा रहेको नेपाल समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । नेपालले २ खेलमा २ अंक जोड्यो । दुई खेल जितेको भारत ४ अंकसहित समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ । दुई खेल गुमाएको बंगलादेश भने समूह चरणबाट बाहिरिएको छ ।

नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो । भारतसँग भने नेपाल ३–० को सोझो सेटमै पराजित भएको थियो ।अब नेपालले सेमिफाइनलमा समूह ’बी’ को विजेतासँग खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);