परराष्ट्रमन्त्रीले कतार सरकारसँग गरे विपिनको रिहाइको पहल गरिदिन आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८१, शुक्रबार

परराष्ट्रमन्त्रीले कतार सरकारसँग गरे विपिनको रिहाइको पहल गरिदिन आग्रह

एजेन्सी, २५ मंसिर । प्यालेस्टिनी लडाकू समूह हमासले बन्धक बनाएका भनिएका कञ्चनपुरका विपीन जोशीलाई छुटाउनका लागि पहल गर्न नेपालले कतारसँग फेरी पनि आग्रह गरेको छ । २१औँ दोहा फोरममा सहभागी हुन कतार पुगेकोबेला परराष्ट्रमन्त्री एनपी साउदले कतारका परराष्ट्र राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजीज अल खुलाइफीसँगको भेटमा जोशीको रिहाइका लागि पहल गर्न आग्रह गर्नुभएको हो ।

परराष्ट्रमन्त्री साउदले जोशीको छिटोभन्दा छिटो रिहाइका लागि पहल गरिदिन आग्रह गरेको र कतारी राज्यमन्त्री खुलाइफीले जोशीको रिहाइका लागि लगातार रुपमा लागिरहेको जवाफ दिनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । हमाससँग कतारसँगको सम्बन्ध राम्रो रहेकाले नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन पटकपटक आग्रह गर्दै आएको छ ।

अघिल्लो हप्ता पनि परराष्ट्रमन्त्री साउदले कतारका राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग भेट गरी जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरिसक्नु भएको छ । जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः शुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको र नेपाली विद्यार्थी जोशीसहितका अपहरणमा परेकाहरुको रिहाइका लागिसमेत प्रयास भइरहेको जवाफ दिनुभएको छ । रिहाइका लागि सरकारले पटकपटक आग्रह गरे पनि जोशीको अवस्था अझै थाहा हुन सकेको छैन ।इजरायल–हमासबीच यसअघि भएको अस्थायी युद्धविराममा केही बन्दी छाडिए पनि जोशीको रिहाइ भएन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);