उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो हुँदैन : ओली | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८१, आइतबार

उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो हुँदैन : ओली

काठमाडौं, ३० असोज । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको मिसन—२०८४ एकल बहुमतको सरकार रहेको बताउनुभएको छ । सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एमालेको समृद्ध नेपाल, सुखी नेपाली आवधिक लक्ष्य मिसन २०८४ मा एकल बहुमतको सरकारको भएको बताउनु भयो । उहाँले जनताका बीचमा गए, सम्झाए, जनताबाट मत प्राप्त गरे असम्भव नरहेको बताउनु भयो । उहाँले अहिले अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेको बताउनु भयो । उहाँले आफूलाई अध्यावधिक नगरेका कारण काँग्रेस बुढो भएको बताउनु भयो । उहाँले काँग्रेसको कुनै नीति र विधि नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले हामी मिसन २०८४ भनेर अघि बढीरहेका छौँ । हरेकको गन्तव्य, हरेकको उद्देश्य अब एउटा आवधिक लक्ष्य भन्ने हो भने हाम्रो समृद्ध नेपाल, सुखी नेपाली हो । त्यसको आवधिक टार्गेट मिसन २०८४ हो । मिसन ८४ भनेको के हो भने हामी एकल बहुमतको हाम्रो सरकार । एकल बहुमतको सरकार कम्ति भनेको हामीले, यो नहुने भन्ने कुरै छैन । संविधानले जनतालाई भोट नखसाल भन्छ ? थोरै मात्रै खसाल भन्छ ? एउटा पार्टीलाई थोरै खसाल वा सबै पार्टीलाई बराबर बाँड भन्छ र ? हामी जनताका बीचमा जानुपर्छ, सम्झाउनुपर्छ र हामीले जनताबाट मत प्राप्त गर्नुपर्छ । बहुमत किन आउँदैन ? हरेक वडामा ५१ प्रतिशत, हरेक टोलमा हाम्रो संगठन, हरेक घरमा सदस्य, त्यो काम गर्नुपर्छ । कम्युनिष्ट पार्टीले आफू र आफू निकट अवयवलाई सक्रियतापूर्वक सञ्चालन गर्नुपर्छ । योजनावद्ध तरिकाले । आजको समस्या अनेक प्रकारका उद्देश्य र तत्व सल्बलाइरहेका छन् । गिर्खे कुरा गरेर जनता अल्मल्याउनेहरु छन् । पार्टी पुरानो बुढो नहुने होइन, विचार र सिद्धान्तको अभावमा पार्टी बुढो भएको छ । आफूलाई अध्यावधिक गर्न सकेन भने बुढो हुन्छ । हामी नेपाली काँग्रेसलाई देखिरहेका छौँ, पार्टी कसरी बुढो हुन्छ भन्दा नेपाली काँग्रेस जसरी । त्यो देखिएको छ । नेपाली काँग्रेसमा नीति छैन, महाधिवेशन हुन्छ नीति छैन । महाधिवेशन भनेको के हो भने मान्छे जम्मा हुने । नीति, विधिको कुरा उहाँहरुले नीति विधि कहिले बनाउनु भयो । मान्छे छान्नु मात्रै लोकतन्त्र होइन । विधि बिनाको मान्छे छनाइ के छनाइ ? त्यो त कुनै कुनै नयाँ पार्टीले को को उम्मेदवार हुन्छ ल भन त भनेको जस्तो ।’

अध्यक्ष ओलीले उद्देश्य र गन्तव्य बोकेर हिँडेको पार्टी पुरानो नहुने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);