मन्त्रिपरिषद्लाई पुर्णता दिने विषयमा गठबन्धनभित्र सहमति जुटेन (एक रिपोर्ट ) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मन्त्रिपरिषद्लाई पुर्णता दिने विषयमा गठबन्धनभित्र सहमति जुटेन (एक रिपोर्ट )

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको साढे २ महिना हुन लागिसकेको छ । तर ५ जना मन्त्रीमा सिमित रहेको मन्त्रीमण्डलले पुर्णता नपाउँदा अधिकांस मन्त्रालयहरु मन्त्रीविहिन छन भने महत्वपुर्ण कामहरु अघि बढ्न सकेका छैनन् ।

गठबन्धनदलहरु विच मन्त्री हुने भन्ने हानाथापका कारण मन्त्रिपरिषदले पुर्णता पाउन नसकेको स्पष्ट नै भइसकेको छ । तर गठबन्धनको नेतृत्व गरेका नेताहरु भने चाँडै मन्त्रीमण्डलले पुर्णता पाँउछ भनेर दावी गर्न छाडेका छैनन् ।

तत्कालिन नेकपा भित्रको आन्तरिक विवादका कारण ओलि सरकारको बहिर्गमनपछि देशको सत्ता सम्हाल्ने मौका पाएको देउवा सरकारले अहिलेसम्म पनि मन्त्रीमण्डललाई विस्तार गर्न नसक्दा जन विश्वास दिनप्रति दिन निराशमा परिवर्तन हुँदै गएको छ ।

असार २९ गते सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना नियन्त्रण र सबैलाई खोप लगाउने बिषय पटकपटक दोहोर्याउँदै आउनु भएको छ । देउवाले आफु प्रधानमन्त्री भएपछि चार मन्त्री र १ राज्यमन्त्री पनि नियुक्त गरेयता सरकार जस्ताको तस्तै छ । सरकारप्रतिको असन्तुष्टि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी लोसपामा नि उस्तै रहेको लोसपाका नेता केशव झा बताउँछन् ।

गठबन्धन दलभित्रै मन्त्रालय भागवण्डामा कुरा मिलेको छैन् भने मन्त्रीका आकांक्षीको लर्को समेतले सरकार विस्तारमा सकस परेको स्पष्ट नै भइसकेको छ । नेताहरुले बाहिर जे दावी गरेपनि मन्त्रिपरिषद्लाई पुर्णता दिने विषयमा गठबन्धनभित्र सहमति जुटेको छैन ।

सरकार बनेको दुई महिना भन्दा बढी भैसक्दापनि १६ वटा मन्त्रालय रित्तै छन् जसका कारण सिंहदरबार नै दैनिक कामकाजमा सिमित छ । तर जसपाका अर्का नेता उपेन्द्र यादवले भने केही दिनमै मन्त्रि परिषदले पुर्णता पाउने दावी गरेका छन् ।

प्रधानमन्त्री देउवाले पार्टीको आन्तरिक समिकरण मिलाउन नसक्दा नै सरकारले पुर्णता पाउन नसकेको विश्लेषण हुन थालेको छ । त्यतिमात्रै होइन सरकाले दल विभाजन संम्बन्धि ल्याएको अध्यादेश आफैलाई गलपासो बनेको छ ।

कतै आफनै पार्टी फुटने होकि भन्ने पिरलो उनिहरुमा छ । जसका कारण पनि मन्त्रिमण्डलले पुर्णता पाउन नसकेको देखिन्छ । यसबाट देउवा सरकार माथि प्रश्न उठ्न थालेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);