काठमाडौँमा पाँचौं महिला युवा व्यवसायी सम्मलेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाडौँमा पाँचौं महिला युवा व्यवसायी सम्मलेन

देशभरका १ सय ५० बढी उद्यमी महिला सहभागि, सशक्तिकरणका लागि उद्यमशीलतामा जोड

काठमाडाैं, ६ माघ । पाँचौं महिला युवा व्यवसायी सम्मलेनमा सहभागिहरुले महिलालाई उद्यमी बनाउन पहिले आफैंमा सकारात्क सोच र आत्मविश्वासको विकास गर्नुपर्नेमा जोड दिएका छन् ।

काठमाडौंमा आज भएको सम्मेलनमा सहभागिहरुले व्यवसायबाट मात्र आर्थिक समृद्धि हुने भएकाले सबै महिलाहरु सकारात्क सोच र आत्मविश्वासका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

महिलालाई अधिकार सम्पन्न बनाउँदै सशक्तीकरणका लागि उद्यमशिलता आवश्यक रहेको उनीहरुको भनाइ छ । उद्यम क्षेत्रमा महिला उद्यमीको सहभागिता न्यून रहेको भन्दै सरकारको यसप्रति ध्यान दिनुपर्नेमा उनीहरुको जोड छ ।

अन्य सहभागीहरुले ग्रामिण क्षेत्रमा पनि महिला उद्यमशीलता र सशक्तीकरणलाई प्राथमिकता दिनुपर्ने बताएका थिए । सम्मेलनमा देशभरका १ सय ५० भन्दा बढी उद्यमी महिलाहरुको सहभागिता रहेकोछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);