महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा उपराष्ट्रपतिको जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा उपराष्ट्रपतिको जोड

Nanda-Bahadur-pun

काठमाडौं, १८ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्नेमा जोड दिएका छन् ।  उपराष्ट्रपति पुनले मुलुकको समृद्धि र दीगो विकासका लागि पनि महिलाहरुमाथि हुने विभेद पूर्ण रुपमा अन्त्य गर्न सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराए ।

सोमबारबाट काठमाडौंमा सुरु भएको अन्तर्राष्ट्रिय महिला उद्यमी शिखर सम्मेलनको उद्घाटन गर्दै उनले महिला सशक्तिकरण कुनै पनि देशको आर्थिक समृद्धिको मूल आधार भएको बताए ।

उपराष्ट्रपति पुनले संविधान र कानुनी व्यवस्था गरेर मात्रै महिलामाथि हुने विभेद अन्त्य नभएको दृष्टान्त पेश गर्दै महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन सबै पक्षले जोड दिनुपर्ने आवश्यक्ता औंल्याए ।

कार्यक्रममा बोल्दै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बलात्कार लगायतका घटना हुन नदिन महिलाहरुलाई आर्थिक रुपमा सम्पन्न गराउनुपर्ने बताए । उनले महिलाहरुलाई सशक्तिकरण गर्न संविधानमै राज्यको सबै निकायमा ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले सरकारले महिलाहरुलाई उद्यमी बनाउन विशेष प्राथमिकता दिएको गरे । तीन दिनसम्म चल्ने सम्मेलनमा एशीयाली राष्ट्रका महिला उद्यमीहरुको उल्लेख्य सहभागिता रहेको छ ।

महिला उद्यमीहरुको विकासका लागि आवश्यक योजना तय गर्न काठमाडौंमा अन्तर्राष्ट्रिय महिला उद्यमी शिखर सम्मेलन आयोजना गरिएको दक्षिण एशीयाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला रिजालले जानकारी दिइन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);