यूएसएआईडीकी प्रमुख सामन्था आज नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८०, बुधवार

यूएसएआईडीकी प्रमुख सामन्था आज नेपाल आउँदै

काठमाडौं, २४ माघ । अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) की प्रमुख सामन्था पावर आज नेपाल आउँदै हुनुहुन्छ ।

यूएसएआईडीले बुधबार विज्ञप्ति जारी गर्दै पावरले फेब्रुअरीको पहिलो साता नेपालको भ्रमण गर्ने उल्लेख गरेको थियो । नेपालमा नयाँ सरकार बनेपछि कुनै पनि मुलुकबाट हुन लागेको यो नै उच्च तहको भ्रमण हो । सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट हुन लागेको यो नै उच्चस्तरीय भ्रमण हो ।

उहाँ क्याबिनेट स्तरकी उच्च अधिकारी हुनुहुन्छ । साथै, पावर राष्ट्रिय सुरक्षा परिषद्की सदस्यसमेत रहनु भएको छ । तर उहाँ कुन मितिमा आउने भन्ने सम्बन्धमा भने प्रस्ट पारिएको छैन । कूटनीतिक स्रोतका अनुसार सामन्थाको भ्रमण माघ २२ गतेदेखि २४ गतेसम्म हुने गरी गृहकार्य भइरहेको छ । काठमाडौंस्थित अमेरिकी दूतावास र परराष्ट्र मन्त्रालयले सोही मितिलाई आधार मानेर पावरको भ्रमणको गृहकार्य गरिरहेको बताइएको छ । अमेरिकी राजीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड फर्केलगत्तै अमेरिकाबाट अर्को उच्चस्तरीय भ्रमण हुन लागेको हो ।

यूएसएआईडीद्वारा जारी विज्ञप्तिअनुसार भ्रमणका क्रममा प्रमुख पावरले नेपालका नागरिक समाजका अगुवाहरू, सामुदायिक समूहहरू, विद्यार्थीहरू, व्यवसायीहरू र सरकारी अधिकारीहरूसँग भेटेर नेपाललाई थप लोकतान्त्रिक, समृद्ध, समावेशी र लचिलो देश बनाउनका प्रयासहरू र उपलब्धिहरूबारे छलफल उल्लेख छ ।

सन् २०२१ मे ३ बाट जिम्मेवारी सम्हाल्नुभएकी सामन्था राष्ट्रिय सुरक्षा परिषद्को सदस्य हुने पहिलो यूएसएआईडीकी प्रमुख हुनुहुन्छ । उहाँको जिम्मेवारी आर्थिक, मानवीय र भूराजनीतिक मुद्दाहरूको दायरामा अमेरिकाको प्रतिक्रियाहरूमा विकासले महत्वपूर्ण भूमिका खेल्ने कुरा सुनिश्चित गर्ने भनिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);