चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आज नेपाल आउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख आज नेपाल आउँदै

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ नेतृत्वको टोली आज आइतबार नेपाल भ्रमणमा आउँदैछ । गत जुनमा सिपिसीको विदेश विभाग प्रमुख बनेका लिउ नेतृत्वको टोली चार दिने नेपालमा रहनेछ । उनी आठ सदस्यीय टोलीको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् ।

भ्रमणमा लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेतासँग भेटवार्ता गर्नेछन् ।

नेपालले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता पारित गरेपछि चीनबाट दोस्रो उच्च तहको भ्रमण हुन लागेको हो । यसअघि गत चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीले नेपालको तीन दिने भ्रमण गरेका थिए । नेपालले चिनियाँ विकास परियोजना बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) मा हस्ताक्षर गरिसकेको छ । तर, थप प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);