७ अर्ब भन्दा बढीको सहयोग प्रदान गर्ने युएसएआईडी प्रमुख सामन्था पावरको घोषणा | ईमाउण्टेन समाचार

Our Network

चैत ६ २०८०, मंगलबार

७ अर्ब भन्दा बढीको सहयोग प्रदान गर्ने युएसएआईडी प्रमुख सामन्था पावरको घोषणा

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएकी अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरले ५ करोड ८५ लाख अमेरिकी डलर (साढे ७ अर्ब रुपैयाँभन्दा बढी) सम्मको सहयोग प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

उक्त रकम नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्ताहरूमाझ नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन खर्च हुने जनाइएको छ । उक्त घोषणाको रकममध्ये ४ करोड २ लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको एक अंश हो ।

प्रमुख पावरले यसै वर्ष पारदर्शी तथा शान्तिपूर्ण आमनिर्वाचन सम्पन्न भएसँगै सङ्घीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायहरूको समावेशीकरणलाई अगाडि बढाउने, युवाहरूको सशक्तिकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउन सक्छ भनी देखाउने अवसर नेपालसँग रहेको बताउनुभयो । यस कार्यमा अमेरिकाको साझेदारी रहने उहाँको भनाइ छ । मानव बेचबिखनविरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएआइडीले जारी पावरको भनाइ थियो ।

मंगलबार घोषित लगानीमा आर्थिक दृष्टिकोणबाट अझ बढी पारदर्शी र जवाफदेही तवरबाट सार्वजनिक सेवाहरू प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारहरूलाई सहयोग गरी नेपालमा समावेशी लोकतन्त्र र समृद्धिको सुदृढीकरण गर्न २ करोड डलरसम्म समावेश गरिएको जनाइएको छ । नेपालले हालसालै जारी गरेको साझा न्यूनतम कार्यक्रममा समाविष्ट लगायतका सरकारी प्राथमिकताहरूसँग सहयोगलाई समायोजन गर्न सम्बन्धित नेपाली सरकारी निकायहरूसँगको साझेदारीमा काम गर्न आफुहरु तयार रहेको पावरको भनाइ छ ।

उहाँ अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को सदस्य पनि हुनुहुन्छ । नेपाल भ्रमणका क्रममा उहाँले शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);