यूएसएआईडी प्रमुख सामन्ता पावर दुईदिने भ्रमणका लागि नेपालमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

यूएसएआईडी प्रमुख सामन्ता पावर दुईदिने भ्रमणका लागि नेपालमा

काठमाडौं । अमेरिकी अन्तराष्ट्रिय सहयोग निकाय यूएसएआईडी प्रमुख सामन्ता पावर दुईदिने भ्रमणका लागि नेपाल आइपुग्नु भएको छ ।

सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेलले नेपालको औपचारिक भ्रमण गरेपछि अमेरिकाबाट नेपालको यो सबैभन्दा उच्च तहको भ्रमण हो । विश्वभर रहेका १० हजारभन्दा धेरै कर्मचारीको नेतृत्व गरिहनुभएकी पावरको नेपाल भ्रमणलाई महत्वका साथ हेरिएको छ ।

राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्डको भ्रमण भएको एक सातापछि उहाँ नेपाल आउनु भएको हो । नेपालको आर्थिक विकास, सूचना प्रविधि, जलवायु परिवर्तनसम्बन्धी विषय तथा ग्रिन हाइड्रोजन तथा एमोनियामा लगानीका बिषयमा पावरले उच्च अधिकारीहरुसँग छलफल गर्ने कार्यक्रम छ । पावरले प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललगायतसँग भेटवार्ता गर्नुहुनेछ ।

भ्रमणमा पावरले नेपाल सरकार र जनतासँग अमेरिकाको ७५ वर्षभन्दा लामो साझेदारीलाई जोड दिने बताइएको छ । उहाँको नेपाल यात्राले आर्थिक, मानवीय र भूराजनीतिक मुद्दाहरूमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । एउटा युद्ध रिपोर्टरबाट व्यावसीयक यात्रा सुरु गर्नुभएकी पावर चर्चित लेखक , यूएनका लागि अमेरिकी राजदूत हुँदै यूएसएआईडीको प्रमुख तथा क्याबिनेट स्तरको उच्च अधिकारी हुनुभएको हो । उहाँ अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को सदस्य पनि हुनुहुन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);