सत्ता गठबन्धनभित्र ठूलो घटना हुने खतरा छः रमेश लेखक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सत्ता गठबन्धनभित्र ठूलो घटना हुने खतरा छः रमेश लेखक

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनभित्र ठूलो घटनाहरु हुने खतरा देखिएको बताउनुभएको छ ।

सोमवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारुढ गठबन्धनका नेताहरुमा अधैर्यता र विचलन देखिएको टिप्पणी गर्नुभयो । ।सत्तारुढ गठबन्धनभित्र केही ठूलै घटनाहरु हुने खतरा देखिएको भन्दै उहाँले एमाले सबैभन्दा विचलित भएको तर्क गर्नुभयो । प्रधानमन्त्री एउटा हुने र देश अर्कोले चलाउन खोजेको लक्षण देखिएकोले यसो भएमा सकसपूर्ण स्थिति आउने लेखको भनाइ थियो ।

प्रमुख सचेतक लेखकले काँग्रेसले सत्ता समिकरण परिवर्तन गरेर अर्को समिकरण बनाउन नखोजेको दाबी गर्दै अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले भनेको राष्ट्रिय सहमति काँग्रेसकै लागि होला भन्ने आफूहरुको बुझाइ रहेको उहाँको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्ड, काँग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा सोमबार भएको भेटमा समसामयिक परिस्थितिको बारेमा कुराकानी भएको उहाँले जानकारी दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);