नारायणमान बिजुक्छेको टिप्पणी- कांग्रेस राष्ट्रपतिको लोभमा फस्न मिल्दैन | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

नारायणमान बिजुक्छेको टिप्पणी- कांग्रेस राष्ट्रपतिको लोभमा फस्न मिल्दैन

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेसले राष्ट्रपतिको लोभमा फस्न नमिल्ने टिप्पणी गर्नु भएको छ ।

प्रमुख प्रतिपक्षको भूमिका सशक्त ढंगले निर्वाह गर्नुपर्ने काँग्रेसले यदि राष्ट्रपतिमा लोभ गरेको हो भने त्यो जस्तो नराम्रो दृष्टिकोण अरु केही पनि नहुने उहाँको भनाई थियो । रफ्त सञ्चार क्लवको १३औं वार्षिकोत्सवको अवसर पारेर सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेले निर्वाचनका बेला सार्वजनिक गरिएको घोषणा पत्र भन्दा बाहिर जाने छुट कुनै पनि राजनीतिक दलहरुलाई नरहेको पनि बताउनु भयो । सत्तारुढ गठबन्धन प्रजातान्त्रिक नभएको भन्दै अध्यक्ष बिजुक्छेले असन्तुष्टि समेत व्यक्त गर्नु भयो ।

अध्यक्ष बिजुक्छेले चुनाव अघि र पछि पनि साझा घोषणा पत्र अनुसार अघि बढन नसक्ने गरी गरिएको राजनीतिक गठबन्धनको कुनै अर्थ नहुने दावी गर्नु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);