आइफा अवार्ड नेपालमा नगर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आइफा अवार्ड नेपालमा नगर्न अन्तर्राष्ट्रिय समितिको निर्देशन

iifa

काठमाडौं, १८ असार । संसद्को अन्तर्राष्ट्रिय समितिले इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) नेपालमा नगर्न सरकारलाई निर्देशन दिएको छ । आइफा अवार्ड गर्दा नेपाललाई आर्थिक भार धेरै पर्ने समितिको मंगलबारको बैठकले ठहर गरेको छ ।

समिति सभापति पवित्रा निरौला खरेलले भर्खर द्वन्द्व खेपेर आएको देशमा अवार्डले आर्थिक भार थोपर्ने भएकाले फाइदाजनक नभएको ठहर समितिले गरेको बताइन् । ‘नेपालले ठूलो आर्थिक दायित्व व्यहोर्नुपर्ने रहेछ,’ उनले भनिन्, ‘कार्यक्रम आयोजक बिजक्राफ्टले हामीलाई जुन सम्झौतापत्र पठाएको छ, त्यो पनि नेपालको पक्षमा छैन । कार्यक्रमको सम्पूर्ण अधिकार उसैमा केन्द्रित हुने बताइएको छ । भोलि कानुनी अड्चन आयो भने कानुनी लडाइँ लड्न दिल्ली जानुपर्ने रहेछ । यो त ठीक भएन नि ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);