जलवायु परिवर्तनको असर कम गर्न जोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

जलवायु परिवर्तनको असर कम गर्न जोड

pradeep gyawali

काठमाडौँ, असार १८ गते ।  परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले  जलवायु परिवर्तनका प्रतिकूल असरको सामना गर्न अन्तर्राष्ट्रिय सहकार्यलाई बढावा दिनुपर्ने बताउनुभएको छ ।

चीनको डालियान सहरमा मङ्गलबार आयोजित ‘जलवायु परिवर्तन, भावी वित्तीय सङ्कट’ विषयक कार्यक्रममा सम्बोधन गर्नुहुँदै मन्त्री ज्ञवालीले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम असरको न्यूनीकरणका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो । “विश्वकै जलवायु परिवर्तनको असर कम गर्न नेपालका हिमाल, नदी, वनजङ्गलले पारिस्थितिक प्रणाली व्यवस्थापनमा ठूलो योगदान पु¥याइरहेको छ,” उहाँले भन्नुभयो, “नेपालको कार्बन उत्सर्जन त्यति गम्भीर छैन र यसको प्रभाव पनि त्यति असरकारी छैन । ”

नेपालले जलवायु परिवर्तनको असरका सम्बन्धमा सकारात्मक न्याय गरिरहेका विषय भने प्रवद्र्धनयोग्य रहेको मन्त्री ज्ञवालीले बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

मङ्गलबार अपराह्न मन्त्री ज्ञवाली भौगोलिक परिवर्तनहरू शीर्षक सत्रमा ‘प्यानलिस्ट’का रूपमा सहभागी हुनुभयो । उदाउँदो भौगोलिक अवस्थिति जटिल र अनिश्चित रहेको औँल्याउँदै त्यस सत्रमा उहाँले देशहरूबीच उच्च आपसी विश्वास र समझदारी प्रवद्र्धन गर्नु आवश्यक रहेको प्रस्ट्याउनुभयो । “विश्वका गतिविधि र परिणाम फैलँदो र गहिरो अवस्थामा छ,” उहाँले थप्नुभयो, “विश्वशान्ति, आपसी सुखशान्ति र सहकार्यको बढोत्तरी गर्न जटिल रहे पनि समझदारीमा त्यो लक्ष्य पाउन सकिने छ । ”

सोमबारदेखि सुरु भएको विश्व आर्थिक मञ्चको १३औँ वार्षिक बैठकअन्तर्गत मङ्गलबार अन्त्यतिर मन्त्री ज्ञवालीले विश्व आर्थिक मञ्चका अध्यक्ष बोर्ग ब्रेन्डेसँग भेट गर्नुभयो । नेपाल र विश्व आर्थिक मञ्चबीच विशेषगरी अध्ययन र क्षमता अभिवृद्धिको क्षेत्रमा आपसी सहकार्य गर्न सकिने विषयमा उहाँहरूबीच छलफल भएको थियो ।

यसअघि सोमबार व्यापारिक नेतृत्वसँगको अनौपचारिक भेटघाटमा उहाँले विश्व सम्बन्धका लागि नेपालले सहकार्यको मार्ग प्रशस्त गरिरहेको बताउनुभयो । त्यस्तै उहाँ २०२० का लागि जी ट्वान्टी एजेन्डाको छलफल सत्रमा लगत्तै सहभागी हुनुभयो । कम विकसित मुलुकको व्यापार क्षमता अभिवृद्धि, वित्तीय क्षेत्रमा पहुँच, प्रविधि हस्तान्तरण, सुरक्षित र नियममा आधरित कामका लागि सम्मानजनक श्रमिक आवतजावतका सम्बन्धमा देखा परेका चुनौतीको सम्बोधन गर्नु विकासको आशा गरिरहेका देशका लागि चुनौतीपूर्ण रहेको औँल्याउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);