जलवायु परिवर्तनका कारण नेपालमा नकारात्मक असर : उपप्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

जलवायु परिवर्तनका कारण नेपालमा नकारात्मक असर : उपप्रधानमन्त्री

ishowr pokhrel-sagarmatha sambad

काठमाडौं, २६ माघ । उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जलवायु परिवर्तनका कारण नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा नकारात्मक असर परेको बताउनुभएको छ । आइतबार काठमाडौंमा आयोजित सगरमाथा राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले जलवायु परिवर्तनको सिधा असर देशको सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा परेको बताउनुभएको हो ।

उपप्रधानमन्त्री पोखरेलले जलवायु परिवर्तन हुनुमा विकशित राष्ट्रहरुको भूमिका बढी भएपनि त्यसको सबैभन्दा बढी असर नेपाल लगायतका मुलुकहरुमा परेको उल्लेख गर्नुभयो । उहाँले हरितगृह तथा ग्यास उत्सर्जनका कारण तापक्रममा आएको वृद्धिले हिमालहरु पग्लन पुगेको र यो क्रम बढ्दो रहेकोले सगरमाथा संवादमा जलवायु परिवर्तनको विषयलाई मूख्य एजेण्डा बनाइएको बताउनुभयो । पोखरेलले नेपालले पनि वातावरणको संरक्षणका लागि जथाभावी बाटो खन्ने डोजर संस्कृतिको नियमन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जलवायु परिवर्तनका समस्याका विषयमा छलफल गरी नयाँ समाधान तथा उपायहरु खोज्नका लागि सगरमाथा संवाद स्थापना गरिएको बताउनुभयो।उहाँले अन्तर निकाय संस्थाहरु एउटै फोरममा बसेर विचार विमर्श गरी नयाँ सोंच र दृष्टिकोण निर्माण गर्न सगरमाथा संवादले सहयोग पु¥याउने विश्वास समेत गर्नुभयो ।

मन्त्री ज्ञवालीले आगामी अप्रिल २ देखि ४ सम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवादका लागि नेपालले उठाउने विषय तय गर्न सगरमाथा राष्ट्रिय संवाद आयोजना गरिएको समेत बताउनुभयो । उहाँले सगरमाथा संवादमा विभिन्न मुलुकका राट्र प्रमुख, सरकार प्रमुख, नीति निर्माता, निजी क्षेत्र तथा अभियान्ताहरु सहभागि हुने जानकारी दिनुभयो ।
pradeep-sagarmatha sambad

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

६ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

६ घन्टा अघि

Duel Bet: The Casino Showdown

६ घन्टा अघि