जलवायू परिवर्तनले नकारात्मक असर परेको छ: प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

जलवायू परिवर्तनले नकारात्मक असर परेको छ: प्रधानमन्त्री

pm oli

काठमाडौं, ३० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जलबायू परिवर्तनको नकारात्मक असर परेको बताउनुभएको छ ।

सोमवारबाट राजधानीमा शुरु भएको जलबायू परिवर्तन सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री ओलीले हरितगृह ग्याँस उत्सर्जनमा नेपालको भूमिका नरहेपनि त्यसको असर खेपिरहनु परेको उल्लेख गर्नुभयो । उहाँले जलवायु परिवर्तनले पारेको नकारात्मक असरलाई न्यूनिकरण गर्न जनतालाई सशक्त बनाउँदै लैजाने सरकारको योजना रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले नेपालले आगामी मार्च महिनामा जलवायु परिवर्तन सम्बन्धि विश्वस्तरीय ‘सगरमाथा संवाद’ कार्यक्रम आयोजना गर्ने उल्लेख गर्दै त्यसमा सहभागी हुन पनि वैज्ञानिकहरुलाई आग्रह गर्नु भयो । उहाँले जलवायू परिवर्तनकै कारण नेपालको अर्थतन्त्रमा ठूलो घाटा ब्यहोर्नु परेको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनले पारेका नकारात्मक असरलाई न्यूनिकरण गर्न पर्वतीय मुलुकहरुले मिलेर काम गर्नुपर्नेमा जोड दिनु भयो ।

वन तथा वातवरण मन्त्रालय र अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसिमोड) को संयुक्त आयोजनामा सूरु भएको सो सम्मेलनमा जलवायु परिवर्तनका क्षेत्रमा कार्यरत हिन्दुकुश हिमालय क्षेत्रका नीति, निर्माता तथा अनुसन्धानकर्मीहरुको सहभागिता रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);