पीडितको उद्धार र राहतमा सहभागी हुन सभापति देउवाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

पीडितको उद्धार र राहतमा सहभागी हुन सभापति देउवाको आग्रह

sher bahadur deuwa

काठमाडौं, ३० असार । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो र डुवान पीडितको उद्धार र राहतमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुभएको छ ।

देउवाले सोमवार बिज्ञप्ति जारी गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकहरुलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गर्नुभएको हो । देउवाले बिज्ञप्तिमा सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढङ्गले कार्य गर्न समेत आग्रह गर्नुभएको छ । सभापति देउवाले प्रभावित क्षेत्रमा उद्धार र राहतको कार्य सरकारले व्यवस्थित ढङगले गरे वा नगरेको बिषयमा त्यसको अनुगमनसमेत प्रमुख प्रतिपक्षी दलका नाताले कांग्रेसले गर्नेसमेत उल्लेख गर्नुभएको छ । बिज्ञप्तिमा प्राकृतिक विपत्तिको घडीमा जारी केन्द्रीय कार्यसमितिको बैठक स्थगन गरेर सम्पूर्णरूपले उद्धार र राहतमा समर्पित हुने निर्णय गरिएको उल्लेख छ । देउवाले बिपत्तिको घडीमा सबैखाले राजनैतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु सबैको परम कर्तव्य भएको उल्लेख गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);