बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल उद्धार र राहतमा खटिने : मुख्यमन्त्री नेपाली | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल उद्धार र राहतमा खटिने : मुख्यमन्त्री नेपाली

पोखरा । नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले लगातारको वर्षाका कारण मनाङमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्धार र राहतका लागि स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । 

मुख्यमन्त्री नेपालीले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी मस्र्याङ्दी नदीमा आएको बाढीका कारण डुबानमा तालगाउँका बासिन्दालाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा राख्न र उनीहरुलाई वसोवासको प्रबन्ध गर्न आग्रह गरेका थिए ।

उद्धार राहतका लागि तत्कालको प्रबन्ध गर्न निर्देशन दिँदै उहाँले आवश्यक परेमा खाध्य सामग्री र रकम प्रदेश सरकारले उपलब्ध गराउने बताए । मुख्यमन्त्री नेपालीले अबका केही दिन लगातार वर्षा हुने र गण्डकी प्रदेशका जिल्लाहरुमा त्यसबाट प्रभावित हुने जलवायु तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेकाले सतर्क भएर रहन पनि प्रदेशवासीमा आग्रह गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);