गण्डकी प्रदेशका मुख्यमन्त्री राहतसहित हेलिकप्टरमा मनाङ प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

गण्डकी प्रदेशका मुख्यमन्त्री राहतसहित हेलिकप्टरमा मनाङ प्रस्थान

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत सामग्री लिएर मनाङ प्रस्थान गरेका छन् ।

मुख्यमन्त्री पोखरेल नेपाली सेनाको हेलिकप्टरमा मनाङ प्रस्थान गरेका हुन् । बाढी पीडितहरुका लागि औषधि, खाद्य सामाग्री र पालसहित मुख्यमन्त्री पोखरेल मनाङ गएका हुन् । उनीसँगै मन्त्री राजिव गुरुङ दिपक मनाङे, मुस्ताङका सांसद चिन्तबहादुर घले र सञ्चारकर्मी पनि छन् ।गृह मन्त्रालयको

समन्वयमा मुख्यमन्त्री पोखरेल मनाङमा बाढीबाट प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ । यसका साथै गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय विपद् कोषमा तत्कालका लागि पाँच करोड रुपैँया राख्ने निर्णय गरेको छ । मुख्यमन्त्री पोखरेलको अध्यक्षतामा बिहीबार बिहान बसेको प्रदेशस्तरी विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रदेशका जिल्लाहरुमा भारी वर्षाका कारण क्षति भएकाले उद्धार, राहत र व्यवस्थापनका लागि उक्त रकमको प्रयोग गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);