सिन्धुपाल्चोकको बाढी पीडितलाई टेन्ट हालेर अस्थायी बास मिलाइयो | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

सिन्धुपाल्चोकको बाढी पीडितलाई टेन्ट हालेर अस्थायी बास मिलाइयो

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्चीनगरपालिका र हेलम्बु गाउँपालिकाबाढीपीडितलाई टेन्ट हालेर अस्थायी बसोबास मिलाईको छ ।

वर्षायाममा लगातार वर्ष जारी रहेको अवस्थामा उनीहरुलाई सुरक्षित स्थानमा राखिएको स्थानीय प्रशासनले जनाएको छ । सुरक्षित स्थानमा राखिएका उनहिरुलाई अहिले सरकारी तथा विभिन्न गैर सरकारी संस्थाहरु मार्फत राहत वितरण भैरेहेको छ ।

करिब ९ सय मानिसको अस्थाई बसोबास गर्ने गरि टेन्ट र खानाको व्यवस्था गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

बाढी पीडितहरु अस्थायी रुपमा बस्ने व्यवस्थासँगै कोरोनाको जोखिम पनि बढ्ने आसंका छ । यसको पनि परिक्षण गरिने गरी व्यवस्था मिलाइएको प्रजिअ पोखरेलले बताए ।

यसअघिनै कोरोना संक्रमित भएकालाई चिकित्सकहरु खटाएर उपचार गरिरहेको बताइएको छ ।

मंगलबार राति मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीले सयभन्दा बढी घरमा क्षेति पुर्याएको छ । सयौं रोपनी खेतीयोग्य जमिन कटान गरेको छ । सातजनाभन्दा बढीको शब फेला परेको छ भने कैयौँ अझै बेपत्ता छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);