सिन्धुपाल्चोकमा प्राकृतिक विपत् व्यवस्थापन तथा राहत कार्यलाई तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सिन्धुपाल्चोकमा प्राकृतिक विपत् व्यवस्थापन तथा राहत कार्यलाई तत्काल अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सिन्धुपाल्चोक जिल्लामा हालैको प्राकृतिक विपत्को व्यवस्थापन तथा राहत कार्यलाई तत्काल प्रभावकारी रुपमा अघि बढाउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।

जिल्लामा हालैको बाढी पहिरोले पु¥याएको क्षतिलाई सम्बोधन गर्ने मागसहित शुक्रबार प्रधानमन्त्री ओली समक्ष भेट गरेका नेकपा एमाले बागमती प्रदेश कमिटीको प्रतिनिधिमण्डललाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

सिन्धुपाल्चोकको विपत्ती एक मानवीय संकट भएको बताउँदै उनले भने ‘यसकुरामा कसैले राजननीति गर्नु हुन्न मानवीय हिसाब मै जानुपर्छ’ । पुल बगाएको स्थानमा बेलिबृजको व्यवस्था गर्ने कुरामा सरकारको ध्यान पुगेको पनि प्रधानमन्त्रीले बताए । साथै उनले बाढीको पूर्व सूचना दिन साइरन राख्ने, कटान रोक्नतार जालीको व्यवस्था गर्न तथा पीडित परिवारलाई जस्ता एवं स्थानीय सामग्रीको प्रयोगबाट तत्काल अस्थायी आवाशको व्यवस्था गर्नु समेत निर्देशन दिए ।

प्रधानमन्त्री समक्षज्ञापनपत्र पेश गर्दै नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीका अध्यक्ष आनन्द पोखरेलले मृतकका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरुको सम्पूर्ण उपचार खर्चको व्यवस्थापन सरकारद्वारा गर्न , बहु आयामिक विज्ञ प्राविधिक टोली खटाई डिटेल सर्वे मार्फत पूनःनिर्माणको लागि लागत अनुमान र बजेट व्यवस्था गर्न माग गरिएको छ ।

यसै गरी विस्थापित ४ सय परिवारको अस्थायी बसोबासको लागिप्रति परिवार ८ बन्डल जस्ता उपलब्ध गराई अस्थायी बासस्थान निर्माण गर्ने नदी किनाराका बजार संरक्षण र पुनःव्यवस्थापनको लागि तत्कालै तटबन्ध निर्माण गरी बजार सुचारु गर्न र भत्केका घरहरुको पूननिर्माण र पुरिएका घरहरुलाई मर्मत सुधार गराउने व्यवस्था गर्न र बिग्रे भत्केका मोटर बाटोहरुको तत्कालै मर्मत सुधार गरी मोटर सञ्चालन गर्ने व्यवस्था गर्न ज्ञापनपत्रमा माग गरिएको छ ।

सिन्धुपाल्चोकमा असार १ गते पछि परेको अबिरल वर्षापछि उत्पन्न बाढी पहिरोका कारण १६ जनाको मृत्यु , चार सय परिवार विस्थापित भएका छन् । सबै स्थानमा गरी ३ सय ३७ वटा घर र ६० वटा गोठ ,६ वटा मोटर पुल र १३ वटा झोलुंगे पुल बगाएको छ ।

यसै गरी हेलम्बु २ को किउल बगरमा रहेको प्रहरी चौकीभवन लडाएको छ भने २ वटा विद्यालय (सरस्वतीमा.वि. हेलम्बु र तेर्से मावि तालामाराङ) भवन उच्च जोखिम रहेका छन् । विभिन्न स्थानमा सडकमार्ग भत्किएर बगरमा परिणत भएका छन् नदी किनारका वस्ती पहिरोले पुरेको र लेदो थुप्रिएर पुरै यातायात बन्द भएको पनि ज्ञापनपत्रमा उल्लेख छ ।

यसका साथै खानेपानी प्रणाली अवरुद्ध भई खानेपानीको अभाव भएको, नदी आसपासका सिचाई कुलो पुरै बगाएको, नदी किनारका घरहरुमा हिलो, लेदो पसी बस्न नहुने भएको तथा नदी किनारका १० वटा ट्राउट माछा फर्म समेत नष्ट भएको जानकारी सो अवसरमा दिइयो ।

बाढीले मेलाम्ची खानेपानी आयोजनामा ठूलो क्षति भएको , विद्युत प्रसारणलाईन अवरुद्ध भएको तथा बैंकबाट ऋण लिई विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुको बैंक किस्ता भुक्तानिमा समस्या भएको पनि ज्ञापत्रपत्रमा उल्लेख छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);