आफूखुसी योजनामा बजेट खर्चिन कर्णालीका सांसदलाई १० करोड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आफूखुसी योजनामा बजेट खर्चिन कर्णालीका सांसदलाई १० करोड

samsadh

काठमाडौं, ३० असार । आफूखुसी योजनामा बजेट खर्चिनका लागि कर्णालीका सांसदले प्रदेश सरकारलाई झुकाएका छन् । सांसदको ‘तजबिज’ मा खर्च हुने जनता सडक कार्यक्रमका लागि १० करोड रुपैयाँ दिइने भएपछि आइतबार आगामी आर्थिक वर्षको बजेट पारित भएको छ ।

बजेट निर्माणकै चरणमा सांसदले १० करोड मागे पनि सरकारले जनता सडक कार्यक्रमका लागि २ करोड मात्र विनियोजन गरेको थियो । सत्ता र प्रतिपक्षी सांसदले बजेटमाथिको छलफलमा यही विषयलाई लिएर असन्तुष्टि व्यक्त गरेका थिए ।

सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत खर्च गर्ने गरी जनता सडक कार्यक्रममा थप ८ करोड दिन सहमत भएपछि बजेट पारित भएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा चाँदनी कठायतले लेखेकी छिन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);