कर्णालीका सांसदले मागे २० करोड माग, पूरा नभए बजेट फेल गराउने १४ सत्तारुढ सांसदकै चेतावनी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कर्णालीका सांसदले मागे २० करोड माग, पूरा नभए बजेट फेल गराउने १४ सत्तारुढ सांसदकै चेतावनी

karnali

काठमाडौं, २३ असार । कर्णाली प्रदेशमा सत्तापक्षका १४ सांसदले विनियोजित बजेट संशोधन नभए पारित हुन नदिने चेतावनी दिएका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा विभिन्न शीर्षकमा बजेट बढाउनुपर्ने माग उनीहरूले गरेका हुन् । जनता सडक कार्यक्रम शीर्षकमा प्रत्येक निर्वाचन क्षेत्रमा १० करोड विनियोजन गर्र्न सांसदहरूले माग गरेका छन् । त्यस्तै, हरेक निर्वाचन क्षेत्रमा पूर्वाधार विकासमा थप ५ करोड र पर्यटनका लागि १ करोड छुट्याउनुपर्ने माग पनि सांसदहरूले गरेका छन् ।

कृषि, सडक, साना सिँचाइ, खानपानीलगायतका परियोजनालाई पनि निर्वाचन क्षेत्रकै आधारमा बजेट विनियोजन हुनुपर्ने माग सांसदहरूको छ । यो मागमा प्रतिपक्षी दलका सांसदको पनि सहमति छ । ‘सांसदले माग गरेअनुसार बजेट दिने हो भने प्रतिसांसद २० करोड रुपैयाँ पुग्न जान्छ,’ प्रदेश सभाको स्रोतले भन्यो, ‘यस्ता अराजक माग राखेर २२–२२ दिन संसद् चल्न दिइएन ।’ सरकारले सभामा पेस गरेको बजेटविना कुनै परिवर्तन पारित हुने परम्परा छ ।   विषयगत मन्त्रालयको बजेटमा शीर्षकगत छलफल हुँदासम्म पनि बजेट नसच्याए असफल बनाउने भन्दै सत्तारुढ सांसदहरूले गोप्य हस्ताक्षरसमेत गरेको उच्च स्रोतले जानकारी दिएको छ ।

सत्तारुढ दलकै सांसदहरूले बजेट परिमार्जनको माग गरेपछि १ असारमा प्रस्तुत बजेटका विषयमा प्रदेश सभामा आइतबारसम्म छलफल नै हुन सकेन । ५ असारका लागि बोलाइएको प्रदेश सभा बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । त्यसपछि ८ असारमा प्रतिपक्षीले मुख्यमन्त्रीको उपस्थिति हुनुपर्ने माग गर्दै संसद् अवरुद्ध गरेपछि ११ असारमा बजेटमाथि सैद्धान्तिक छलफल सुरु हुने भनिएपछि बैठक बस्न सकेन । आइतबार कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका शीर्षकहरूमाथि छलफल सुरु भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);