पूर्वाधार विकास कार्यक्रममा सांसदहरुद्वारा रू.५ करोड माग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

पूर्वाधार विकास कार्यक्रममा सांसदहरुद्वारा रू.५ करोड माग

samsadh

काठमाडौं, १७ जेठ । प्रदेश १ का सांसदहरूले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट रू.५ करोड पुर्‍याउन माग गरेका छन् । प्रदेशसभामा सोमवार पेश भएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बोल्दै प्रदेश सांसदहरूले पूर्वाधार विकास कार्यक्रमको बजेट बृद्धि गरेर रू.५ करोड पुर्‍याउन माग गरेका हुन् ।

प्रदेशसभा बैठकमा बोल्दै झापाका सांसद झलकसिंह दर्लामीले पूर्वाधार विकास कार्यक्रमको बजेट रू.५ करोड पुर्‍याउन माग गरे । उनले निर्देशिका बमोजिम पूर्वाधार विकासका क्षेत्रमा मात्रै खर्च हुने गरी प्रत्येक निर्वाचन क्षेत्रमा रू.५ करोड विनियोजन गर्न आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई आग्रह गरे । प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सांसद संयोजक रहने व्यवस्थासहित निर्वाचन क्षेत्रका लागि रू.२ करोड छुट्याएको छ ।

सोही रकम बढाएर रू.५ करोड पुर्‍याउन सांसदहरूले माग गरेका हुन् । उदयपुरका सांसद बिमल कार्कीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट सीमा वृद्धि गर्न सरकारसमक्ष माग गरे । मंगलवारको प्रदेशसभा बैठकमा उनले पूर्वाधार विकासमा रू.५ करोड रकम विनियोजनका लागि आर्थिक मामिला तथा योजना मन्त्री आङ्बोसमक्ष आग्रह गरे ।  यो समाचार आजको अभियान दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);