इदमा फिल्म रिलिज गर्न सलमानसँग अक्षयले लिए अनुमती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

इदमा फिल्म रिलिज गर्न सलमानसँग अक्षयले लिए अनुमती

akshay-salman

एजेन्सी, २५ फागुन । बलिउडका ‘सुल्तान’ हरेक वर्षको इदमा आफ्ना फ्यानलाई उपहार स्वरुप आफ्नो फिल्म रिलिज गर्ने गर्दछन् । हरेक इद सलमानको फिल्मका लागि ‘लक’ गर्ने गरिन्छ । सन् २००९ मा ‘वान्टेड’ देखि २०१९ मा ‘भारत’ सम्म इदमा रिलिज हुँदैछ । यो बीचमा सन् २०१३ मा भने उनका साथी शाहरुख खानको फिल्म ‘चेन्नई एक्सप्रेस’ इदमा रिलिज भएको थियो । नभए २००९ देखि हरेक वर्षको इद सलमानको कब्जा छ ।

इदको मौकामा सलमानसँग बक्सअफिसमा भिडन्त गर्न कोही तयार हुँदैनन् । अर्थात् इद रिलिजमा सलमानको एकछत्र राज हने गर्दछ । तर, अर्को वर्ष अर्थात् २०२० मा भने अभिनेता अक्षय कुमारको फिल्म ‘सूर्यवंशी’ रिलिज हुँदैछ । अर्को वर्षको इदमा सलमानको ‘दबंग ३’ नभए सञ्जय लीला भन्सालीको फिल्म रिलिज हुँदैछ । यद्यपि, यसको औपचारिक घोषणा भने भएको छैन ।

अक्षयको इदमा फिल्म रिलिज गर्ने निर्णयलाई लिएर प्रशंसकहरुले सलमानसँग जानी-जानी किन दुश्मनी लिन लागेको ? भन्दै प्रश्न उठाइरहेका छन् । खबरअनुसार, अक्षयले २०२० को इदमा आफ्नो फिल्म रिलिज गर्नका लागि सलमानसँग सोधेका थिए । उनले ‘सूर्यवंशी’ को रिलिज डेट एनाउन्स गर्नुभन्दा पहिला सलमानलाई फोन गरेका थिए र उनले अक्षयलाई फिल्म रिलिज गर्न अनुमती दिएका छन् ।

अक्षयले अर्को वर्षको इदमा कुनै फिल्म आउँदैछ ? भनेर सलमानसँग सोधेका थिए । सलमानले अहिले आफ्नो सम्पूर्ण ध्यान यस वर्षको इदमा रिलिज हुन लागेको फिल्म ‘भारत’ मा रहेको बताएका थिए । यसपछि अक्षयले सलमानलाई आफ्नो नयाँ फिल्म ‘सूर्यवंशी’ नेक्स्ट ईयर इदमा ल्याउन चाहने बताए । सलमानले केही बेर सोचेपछि ‘सूर्यवंशी’ लाई ग्रीन सिग्नल दिएका थिए । यो फिल्म ‘सिम्बा’ निर्देशक रोहित शेट्टीले निर्देशन गरेका हुन् । फिल्मिखबरबाट

अघिल्लो समाचार

पछिल्लो समाचार

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);