हिट फिल्मको खोजीमा चिरञ्जीवी | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८१, बिहीबार

हिट फिल्मको खोजीमा चिरञ्जीवी

मुम्बई । साउथका मेगास्टार चिरञ्जीवी हाल नयाँ फिल्म ‘वाल्टेयर वीरय्या’का कारण चर्चामा छन् । यो फिल्म आगामी १३ जनवरी २०२३ मा रिलिज हुँदैछ । फिल्मको प्रमोसन पनि जोडतोडका साथ भइरहेको छ ।

लामो समयदेखि चिरञ्जीवी एक हिट फिल्मको खोजीमा छन् । उनको यो इच्छालाई फिल्म ‘वाल्टेयर वीरय्या’ले पुरा गर्नेमा निर्माण पक्ष ढुक्क छन् । यो फिल्मका निर्माता तथा निर्देशक फिल्मलाई हिन्दी भाषामा पनि रिलिज गर्ने तयारीमा छन् ।

चिरञ्जीवीको पछिल्लो फिल्म ‘गडफादर’ हिन्दीमा पनि रिलिज भएको थियो । यो फिल्ममा बलिउड सुपरस्टार सलमान खानले केमियो गरेका थिए ।

सलमानको उपस्थिति भए पनि फिल्मले हिन्दी दर्शकबीच खासै कमाल देखाउन सकेन । चिरञ्जीवीको हिन्दी बेल्टमा फ्यान फलोइङ उल्लेख्य छैनन् । सोहीकारण पनि उनको नयाँ फिल्म पनि ‘गडफादर’ जस्तै पो हुने हो कि भन्ने चासो र चिन्ता बढ्दो छ ।

‘वाल्टेयर वीरय्या’ एक एक्सन ड्रामा फिल्म हो । फिल्ममा श्रुति हासन, रवि तेजा र केथरीन तिरेसा प्रमुख भूमिकामा छन् । रवि चिरञ्जीवीसँग २२ वर्षपछि पुनः स्क्रिन शेयर गर्दैछन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);