सलमान खान नेपाल आउने कार्यक्रम स्थगित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

सलमान खान नेपाल आउने कार्यक्रम स्थगित

काठमाडौं,१८ फागुन । सुरक्षा चुनौती देखाउँदै बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित गरिएको छ ।  फागुन २६ गते शनिबार टुँडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा सहभागी हुन आउने जनाइएको थियो ।

ओडीसी इन्टरटेनमेन्टका अध्यक्ष सीमान्त गुरुङका अनुसार ‘विशेष कारण’ले सलमानको नेपाल कार्यक्रम तत्काललाई स्थगित गरिएको हो । वैशाख पहिलो साताका लागि कार्यक्रम सारिएको भन्दै उनले टिकट किनेकालाई सुरक्षित राख्न आग्रह गरिन । सलमानसहित प्रभु देवा, ज्याकलीन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्सलगायत आउने कार्यक्रम थियो ।

सलमानका भाइ सोहेल कन्सर्ट हुने स्थान, बस्ने होटल, सुरक्षालगायतका विषयबारे बुझ्न केही साता अघि नेपाल आएर फर्किएका थिए । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले विज्ञप्ती जारी गर्दै कार्यक्रम नगर्न चेतावनी दिएपछि कार्यक्रम स्थगित गरिएको जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);