समन्वयको अभाव हुँदा विकास निर्माणका काम प्रभावित | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

समन्वयको अभाव हुँदा विकास निर्माणका काम प्रभावित

तेजना पण्डित
काठमाडौं, १८ फागुन । जिम्मेवार निकायबीच समन्वयको अभाव हुँदा विकास निर्माणका काम प्रभावित हुन्छन् । त्यही कारण सर्वसाधरणले अनाहकमा सास्ती झेल्नुपरेको छ । देशको राजधानीबासी नै यस्तो समस्यामा छन् ।

काठमाडौँ महानगरपालि वडा नम्बर १० मैतीदेवी सेतोपुल नजिकैको सडक ढल बनाउने नाममा भत्काइएको छ । तर, उक्त सडक कहिलेसम्म बनिसक्छ भन्ने अत्तोपत्तो छैन । घरै हल्लाउने गरी थर्कने डोजरको आवाज खेप्न बाध्य स्थानीय विकास निर्माणकै काम भएपनि त्यसबाट हैरान भएका छन् । ढल खन्ने नाममा थालिएको कामले खानेपानी र टेलिफोन सेवासमेत ठप्प बनेको छ ।

स्थानीयको यस्तो समस्याबारे वडा कार्यालय भने बेखबर छ । उक्त योजना धोविखोला कोरिडोर भित्र पर्ने भन्दै स्थानीयको समस्याबाट वडा कार्यालय पन्छिएको छ । उता, धोविखोला कोरिडोरले भने सडकको दुरावस्थाबारे वाग्मती एकिकृत विकास समिती जिम्मेवार रहेको बताएको छ । यसरी जिम्मेवार निकाय एक अर्कोलाई देखाएर पञ्छिने प्रवित्तिले सेतोपुल छेउछाउका स्थानीयले सास्ती खेप्नुपरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);