नेता सिंहद्वारा जथाभावी सडक नखन्न डिभिजन कार्यालयको ध्यानाकर्षण | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

नेता सिंहद्वारा जथाभावी सडक नखन्न डिभिजन कार्यालयको ध्यानाकर्षण

Prakashman-Singh

काठमाडौं, २८ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास निर्माणको नाममा जथाभावी सडक खन्ने काम नगर्न डिभिजन सडक कार्यालयको ध्यानाकर्षण गराएका छन् । आज बिहान मिनभवनस्थित डिभिजन सडक कार्यालयमा डेलिगेशनका लागि पुगेका नेता सिंहले विकास निर्माणका नाममा जथाभावी सडक खन्नाले सर्वसाधारणलाई मर्का परेको बताए ।

काठमाडौं–१ का सांसदसमेत रहेका नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रको सडक निर्माण भइरहेको ढिलाईप्रति डिभिजन कार्यालयको ध्यानाकर्षण गराए । ढल, विद्युत, टेलिफोन, खानेपानीलगातयका निकायसँग आवश्यक समन्वय गरेर काम गर्नुपर्नेमा उनको जोड थियो ।

डिभिजन सडक कार्यालय काठमाडौंले भने विद्युत र ढलले सहयोग नगरेका कारण सडक निर्माणको काममा ढिलाई भएको जनाएको छ । विद्युत, ढल, खानेपानी, टेलिफोनलगायतका निकायसँग आवश्यक समन्वय हुन नसक्दा काठमाडौंको सडक निर्माणको काम अस्तव्यस्त हुँदै गएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);