विकास निर्माणको नाममा जथाभावी सडक खन्ने काम नगर्न सिंहको चेतावनी | ईमाउण्टेन समाचार

Our Network

भदौ २३ २०८३, बुधवार

विकास निर्माणको नाममा जथाभावी सडक खन्ने काम नगर्न सिंहको चेतावनी

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास निर्माणको नाममा जथाभावी सडक खन्ने काम नगर्न डिभिजन सडक कार्यालयको ध्यानाकर्षण गराएका छन ।

prakash man sigh

काठमाडौं, २९ फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकास निर्माणको नाममा जथाभावी सडक खन्ने काम नगर्न डिभिजन सडक कार्यालयको ध्यानाकर्षण गराएका छन ।

सोमबार बिहान मिनभवनस्थित डिभिजन सडक कार्यालयमा डेलिगेशनका लागि पुगेका नेता सिंहले विकास निर्माणका नाममा जथाभावी सडक खन्नाले सर्वसाधारणलाई मर्का परेको बताए । काठमाडौं–१ का सांसद समेत रहेका नेता सिंहले आफ्नो निर्वाचन क्षेत्रको सडक निर्माण भइरहेको ढिलाईप्रति डिभिजन कार्यालयको ध्यानाकर्षण गराए । ढल, विद्युत, टेलिफोन, खानेपानीलगातयका निकायसँग आवश्यक समन्वय गरेर काम गर्नुपर्नेमा उनको जोड थियो ।

डिभिजन सडक कार्यालय काठमाडौंले भने विद्युत र ढलले सहयोग नगरेका कारण सडक निर्माणको काममा ढिलाई भएको जनाएको छ । विद्युत, ढल, खानेपानी, टेलिफोनलगायतका निकायसँग आवश्यक समन्वय हुन नसक्दा काठमाडौंको सडक निर्माणको काम अस्तव्यस्त हुँदै गएको छ ।

ताजा समाचार