चितवनको गोन्द्राङमा निर्माणाधीन सडक अलपत्र | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

चितवनको गोन्द्राङमा निर्माणाधीन सडक अलपत्र

चितवन, १३ माघ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत चितवनको भरतपुर महानगरपालिकास्थित गोन्द्राङमा निर्माणाधीन १ सय ५० मिटर सडक एक वर्षसम्म पनि सम्पन्न हुन सकेको छैन ।

२०७३ साल माघ २८ गते गोन्द्राङस्थित सडक दस्तुर संकलन केन्द्र (ढाट) मा टोल प्लाजा निर्माणको लागि १ सय ५० मिटर सडक बिस्तारको काम सुरु गरिएको थियो । १ करोड २५ लाख ५१ हजार ६ सय १२ रुपैयाँमा कामको जिम्मा पाएकोे टिडी कन्स्ट्रक्सनले सडक डिभिजन कार्यालयले बिलको भुक्तानी समयमै नदिँदा ढिलाइ भएको बताएको छ ।

यता, सडक डिभिजन कार्यालयले भने निर्माणको जिम्मा पाएको कम्पनीले समयमै काम नसकेकाले ठेकेदार कम्पनीलाई जरीवाना तिराउने बताएको छ । आफ्नो तर्फबाट कुनै ढिलाइ नभएको कार्यालयको दाबी छ ।  दैनिक हजारौँ सवरीसाधन चल्ने देशकै मुख्य राजमार्गमा ठेकेदारको लापरबाही र सरोकारवाला निकायको वेवास्ताले गर्दा सर्वसाधरण धुलाम्मे सडकमा यात्रा गर्न बाध्य छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);