नुवाकोट, १८ फागुन । नुवाकोट प्रहरीले ११ सय २५ लिटर अवैध मदिरा नष्ट गरेको छ । सदरमुकाम विदुर आसपासका क्षेत्रहरु देविघाट, बसपार्क, पिपलटार, बट्टार र त्रिशुली क्षेत्रबाट अवैध मदिरा नष्ट गरिएको हो ।

अवैध रुपमा उत्पादन गरेको मदिराले मानव स्वास्थ्यमा गम्भिर असर परेकाले नष्ट गरिएको प्रहरीको भनाई छ ।





