चीनले कैलाश–मानसरोवर यात्राको शुल्क बढायो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २२ २०८१, शनिबार

चीनले कैलाश–मानसरोवर यात्राको शुल्क बढायो

एजेन्सी, २८ वैशाख । तीन वर्षदेखि बन्द रहेको कैलाश–मानसरोवर यात्राका लागि चीनले भिसा दिन थालेको छ । तर, यसको नियम निकै कडा बनाइएको छ । यससँगै विभिन्न प्रकारका यात्रा शुल्क पनि झण्डै दोब्बर भएको छ । अब भारतीय नागरिकले यात्राका लागि कम्तिमा १ लाख ८५ हजार रुपैयाँ खर्च गर्नुपर्नेछ ।

तीर्थयात्रीले आफ्नो सहयोगका लागि नेपालबाट कामदार वा सहयोगी राखेमा ३ सय डलर अर्थात २४ हजार रुपैयाँ । थप तिर्नुपर्नेछ । यो शुल्कलाई ‘घाँस क्षतिग्रस्त शुल्क’ भनिन्छ । यात्राका क्रममा कैलाश पर्वत वरपरको घाँस बिग्रिएको चीनको तर्क छ, जसको क्षतिपूर्ति यात्रुले दिनेछ ।

चीनले केही नियमहरू थपेको छ जसले प्रक्रियालाई कठिन बनाएको छ । अब प्रत्येक यात्रुले काठमाडौं अड्डामा नै आफ्नो विशिष्ट पहिचान गराउनु पर्नेछ। यसका लागि औंठाछाप र आइरिसको स्क्यानिङ हुनेछ। विदेशी तीर्थयात्री विशेष गरी भारतीयको प्रवेशमा कडाई गर्न कडा नियम बनाइएको नेपाली टुर अपरेटरहरु बताउँछन् ।

कैलाश मानसरोवर यात्रा नेपाली टुर अपरेटरहरूको लागि ठूलो व्यापार हो । नयाँ नियम र बढेको शुल्कसँगै टुर अपरेटरहरूले सडक यात्राका लागि प्रति यात्रु कम्तिमा १ लाख ८५ हजार रुपैयाँ शुल्क लिइरहेका छन्, जुन २०१९ मा रोड ट्रिप प्याकेजका लागि ९०,००० रुपैयाँ थियो । यात्राका लागि वैशाख १ गतेदेखि दर्ता सुरु भएको छ । अक्टोबरसम्मको यात्राका बारेमा टुर अपरेटरहरू नयाँ नियमका कारण यसपटक पनि मानिसको चाप कम देखिएको बताउँछन् । Source : Bhaskar

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);